वृद्धामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ


१६ आश्विन २०७८, शनिबार
Rape for nayapage

उदयपुर, १६ असोज । जंगलमा वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा उदयपुरका एक युवा पक्राउ परेका छन् । बिहीबार साँझ ६ बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका–५ द्वारखोला जंगलमा ५९ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय मुकेश विक पक्राउ परेका हुन् ।

जंगलमा घाँस काट्न गएको मौका पारी वृद्धामाथि जबरजस्ती गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलटारमा शुक्रबार जाहेरी परे अनुसार खटेको टोलीले विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनलाई इप्रका बेलटाकै हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार विकमाथि जिल्ला अदालतबाट म्याद लिएर जबरजस्ती करणी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७