ओलीको दासत्व स्वीकार्नु ‘१० भाइ’ को गम्भीर भुल : झलनाथ खनाल


१७ आश्विन २०७८, आईतवार
jhalanath khanal

काठमाडौं, १७ असोज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विदेशीको इसारामा चल्ने व्यक्ति भएको आरोप लगाएका छन् ।

अनेरास्ववियू केन्द्रीय स्थायी कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीमा दक्षिणपन्थी अवसरवाद र व्यक्तिवादी भएको पनि बताए । उनले ओलीको त्यही गलत प्रवृत्तिलाई ‘१० भाइ’ ले स्वीकार गरेको आरोप पनि लगाए । ओलीको दासत्व स्वीकार गर्नु उनीहरूको गम्भीर भुल भएको खनालको भनाइ छ ।

त्यस्तै उनले ओली विर्सजन र विखण्डन गरी कम्युनिष्टलाई समाप्त पार्ने गलत कामका नाइके भएको आरोप पनि लगाए । अनेरास्ववियूमा पनि ओलीका नव मण्डलेहरूलाई परास्त गर्नुपर्ने उनले बताए । नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरूले अन्तिममा आएर माधव नेपालको साथ छोडेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७