इङलिस प्रिमियर लिग : साउथह्याम्पटनलाई हराउँदै चेल्सी शीर्ष स्थानमा


१७ आश्विन २०७८, आईतवार
chelsea yrduhJCCfw

काठमाडौं, १७ असोज । इङलिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनलाई हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले हराएको हो ।

चेल्सीको जितमा टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले एक / एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काए ।

खेलको ७७ औं मिनेटमा जेम्स वार्डले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले ७ खेलमा १६ अङ्क जोडेको छ । साउथह्याम्पटन ४ अङ्कसहित १७ औं स्थानमा छ ।

गए राति भएका खेलमा लिड्स युनाइटेडले वाट्फोर्डलाई १–० ले हराएको छ । त्यस्तै वुल्भ्सले न्युक्यासललाई २–१ गोलले हराएको छ । आर्सनल र ब्राइटन तथा बर्नली र नर्वीच सिटीले गोलरहित बराबरी तथा म्यानचेस्टर युनाइटेड र एभर्टनले एक / एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७