माइत जान घरबाट निस्केकी महिला मृत फेला, घटना शंकास्पद


१७ आश्विन २०७८, आईतवार

सल्यान, १७ असोज । सल्यानमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । जिल्लाको बागचौर नगरपालिका– २ गैरीनिवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका करिब साढे चार बजे माइती जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दूरीमा ठाटीचौरको कच्ची बाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए ।

घटना शंकास्पद हुन सक्ने भन्दै अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७