कांग्रेस काठमाडौं महानगरपालिकामा नीलकाजी शाक्यको प्यानल नै विजयी


१८ आश्विन २०७८, सोमबार
Nilkaji1633274307

काठमाडौं, १८ असोज । नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् ।
कांग्रेस काठमाडौं महानगरपालिकाको हिजो भएको निर्वाचन मत गणनाअनुसार शाक्यले ७८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए ।

नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका शाक्य २०७४ सालमा सम्पन्न काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत केसीले बताए ।

243736483 170878791792605 6605814050098967721 n

लामो समयपछि भएको काठमाडौं महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौंको मतदान भएको थियो । काठमाडौं महानगरपालिका देशभरिकै जनसंख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा ३२ वडा रहेका छन् ।

यसअघि काठमाडौंको सात नगरपालिका निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए । दक्षिणकाली नगरपालिकाको पनि दशैंअघि निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन समिति अगाडि बढिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७