आजै मन्त्रिपरिषद विस्तार र शपथको कुुरो छ : प्रचण्ड


१८ आश्विन २०७८, सोमबार
Prachanda 2

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) सम्भव भएसम्म मन्त्रिपरिषद विस्थार र शपथग्रहण गराउने तयारी भइरहेको बताएका छन् ।

नेपाल बुद्धिजीवि संगठनको राष्ट्रिय भेललाई सम्बोधन गर्दै उनले सोमबार सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको जानकारी गराए । आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोमबार शपथग्रहण नभए पनि टुंग्याउने पक्षमा रहेको जानकारी गराए । उनले भने, ‘बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ, आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ, नभए पनि टुंग्याउन चाहिँ आज टुंग्याउने कुरा भएको छ ।’

अध्यक्ष प्रचण्डले एमालेमा विचार र सिद्धान्त नभएको टिप्पणी गर्दै सूर्य चिन्ह र मदन भण्डारी तस्वीर देखाइरहेको बताए । एमालेले अहिले केपी ओलीलाई नै मदन भण्डारी बनाउन खोजेको बताए । माओवादीले समातेको लाइन सही भएको उनको दाबी गरे । जनमत निर्माणमा बुद्धिजीवि संगठनलाई मास्कवादी चिन्तन र विज्ञानका विषयलाई सरल ढंगले जनता समक्ष बुझाउन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७