सामुहिक बलात्कारपछि सुन र नगद लुटपाट, ६ मध्ये पाँच आरोपी पक्राउ


१८ आश्विन २०७८, सोमबार
Rape for nayapage

सुनसरी, १८ असोज । सामुहिक बलात्कारको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट पाँच जनालाई पक्राउ गरेको छ । ६ जनाको समूहले बलात्कार गरेको लिखित उजुरी परेपछि प्रहरीले आइतबार पक्राउ गरेको हो । एक जना फरार छन् । पक्राउ परेकामध्ये चार जना १८ वर्षमुनिका रहेकाले नाम र ठेगाना नखुलाएको प्रहरीले जनाएको छ ।

घटना असोज १५ गते राति ७ बजेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटवालका अनुसार इटहरी उपमहानगरपालिका–८ भुर्कीमा इटहरी–९ बस्ने एक महिलालाई ६ जना पुरुषले कुटपिट गरी नजिकै रहेको बाटो छेउको धान खेतमा लगेर बलात्कार गरेका थिए । उनीहरुले ती महिलाले गलामा लगाएको सुनको दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजार रुपैयाँ समेत लुटेको उजुरी परेपछि पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक कटवालले भने, ‘जबरजस्ती करणीमा संलग्न भएकामध्ये गोमन भन्ने सुनील चौधरीलाई गत शनिवार इटहरी– १४ स्थित घरवाटै पक्राउ गरिएको थियो भने अन्य चार जनालाई खोजतलासपछि पक्राउ गरिएको छ ।’

पक्राउ परेका र पीडित महिलाको स्वास्थ्य जाँच इनरुवा जिल्ला अस्पतालमा भइसकेको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७