आमा माइत गएका बेला छोराले गरे बाबुको हत्या


१८ आश्विन २०७८, सोमबार
death

पर्वत, १८ असोज । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षिय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन् । घरायसी झगडाको क्रममा गए राति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबु छोरा मात्रै थिए भने मृतककी श्रीमती माईतीघर गएकी थिइन् । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिए पनि काठको, ढुंगा, लठ्ठी प्रहार गरेर हत्या गरे जस्तो देखिएको डिएसपी बुढाथोकीले बताए । मृतकको मोवाईल समेत टुक्राटुक्रा परेको छ भने भान्सामा समेत ढुंगाहरु देखिएका छन् ।

आज विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ । अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७