मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक : सर्वोच्च अदालत


१८ आश्विन २०७८, सोमबार
sarbochha 1

काठमाडौं, १८ असोज । मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको बताइएको छ ।

सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीश ज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य अवस्था हो ।’

supreme 04102021105325 1000x0 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७