जनताको सेवामा खट्न मेयर साहको कर्मचारीहरुलाई निर्देशन


२७ आश्विन २०७४, शुक्रबार
रिना कुमारी साह reena

रौतहट: प्रदेश नम्बर २ की पहिलो महिला मेयर रिना कुमारी साहले ढिलासुस्ती नगरी जनताको काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएको छ । रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित साहले आफू पनि जनताको पिरमार्का बुझेर सेवामा खट्ने बताउनुहुँदै कर्मचारीलाई पनि जनताको पीडा बुझेर सेवामा खट्न निर्देशन दिए ।रिना कुमारी साह reena

रौतहटस्थित मौलापुर नगरपालिकाबाट निर्वाचित मेयर, उप-मेयर लागयत ९ वटै वार्डबाट विजयी अध्यक्ष्य तथा सदस्यहरुको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्नुहुँदै साहले यस्तो निर्देशन दिए । उनले चुनावका कारण रोकीएको वृद्धभत्ता वितरणको कार्यलाई सुचारु गरिने बताए ।

विकसित र समृद्ध समाज निर्माणको लागि महिलाको जागरण आवश्यक रहेको उल्लेख गदै मेयर साहले त्यसका लागि घर–घरबाट पहल चाल्न आवश्यक रहेको बताए । महिलाको जागरणका लागि आफू पनि लाग्ने बताउनुहुँदै उहाँले समृद्ध समाज निर्माणका लागि जागरुक महिला आवश्यक रहेकाले सम्पूर्ण पक्षले त्यसको पहल गर्नु आवश्यक रहेको बताए। उनले केही समय पहिला बाढी र डुबानबाट पीडित भएकाहरुसम्म पुग्ने गरी राहत वितरणको कार्यलाई तिब्रता दिनुपर्ने बताए ।

त्यसैगरी मौलापुर नगरपालिकाका उप–मेयर गौरीशंकर जयसवालले मौलापुरलाई नमुना नगरपालिकाको रुपमा विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । उनले मौलापुरलाई नमुनाको रुपमा विकास गर्न निर्वाचित सबै टिमले एकसाथ मिलेर अगाडि बढ्ने बताए । कार्यक्रममा मौलापुर स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७