एमालेमा विचार छैन, सूर्य चिन्ह मात्रै हो : प्रचण्ड


१८ आश्विन २०७८, सोमबार
prachanda R9mCU7zl2t

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले विचारले नचलेको पार्टी भएको बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले एमालेमा विचार नभएको बताएका हुन् ।

एमालेमा विचारमा बहस नहुने गरेको पनि उनको आरोप छ । ‘एमालेमा विचार–सिचार भन्ने हुँदैन । त्यही सूर्य चिन्ह छ । मदन भण्डारी भन्ने छन् । जबज छ । अहिले मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको छ,’ प्रचण्डले भने ।

एमालेका दोस्रो तहका नेताहरूबाट आफूहरूले आश गरे पनि धोका पाएको दाहालको भनाइ थियो । उनले अगाडि भने, ‘सबैले आफ्नो पद प्रतिष्ठाका लागि काम गर्ने गर्‍या छन् । त्यही स्वार्थका लागि मिल्छन् ।’ नेकपा माओवादी केन्द्र पनि अरु पार्टीकै पथमा जान लागेकाले बेलैमा सच्चिनुपर्ने दाहालको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७