कांग्रेस गोरखाको सभापतिमा गगन निकट नन्दप्रसाद न्यौपाने सर्वसम्मत


१८ आश्विन २०७८, सोमबार
nand neupane 6ZYkA73I6h

गोरखा, १८ असोज । नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् । न्यौपाने सर्वसम्मत सभापति चयन भएका हुन् । ४३ वर्षीय न्यौपाने गगन थापा निकट मानिन्छन् ।

सभापतिमा सहमति भए पनि अन्य पदमा भने निर्वाचन हुने भएको छ । उपसभापति, सचिव, सहसचिव र सदस्यका लागि मंगलबार बिहान चुनाव हुने नेपाली कांग्रेस गोरखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७