बजार आउँदै गर्दा भालुको आक्रमणबाट वृद्धको मृत्यु


१८ आश्विन २०७८, सोमबार
bhalu scaled
फाइल फोटो

जुम्ला, १८ असोज । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउँदै गर्दा आइतबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो ।

भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि सुरक्षा निकायको टोलीले नियन्त्रणमा लिई गोली हानेर भालु मारेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताए । ज्येष्ठ नागरिक लामा गुठिचौरबाट दिउँसो करिब ४ः३० बजे सदरमुकाम आउँदै गरेको अवस्थामा बाटोमा भालुले आक्रमण गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७