१,०३० मा कोरोना संक्रमण, एक हजार निको, १० को मृत्यु


१८ आश्विन २०७८, सोमबार
korona

काठमाडौं, १८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १,०३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५,८९३ जनाको पिअिसार परीक्षण गर्दा ८१२ र ४,९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा छन् ।

संस्थागत आइसोलेसनमा १,१५२ संक्रमित छन् भने ३५१ जना आइसियुमा र ११८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर एक लाख २० हजार ५४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७