प्रदेश–२ सरकार भ्रष्टाचारमा डुबेको भन्दै जनमत पार्टीले माग्यो मुख्यमन्त्रीको राजीनामा


१८ आश्विन २०७८, सोमबार
prades 2 ck raut

जनकपुरधाम, १८ असोज । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका छन् ।

बेटी बचाउ, बेटी पढाऊ अभियान अन्तर्गत साइकल खरिदमा भ्रष्टाचारको आरोप लागेपछि जनमत पार्टीका कार्यकर्ताहरूले मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै साइकल चोर देश छोड, भ्रष्ट प्रदेश सरकार मुर्दावाद, जनमत पार्टी जिन्दाबाद जस्ता नारा लगाका छन् ।

जनमत पार्टीकी केन्द्रीय सचिव अनिता साहले भ्रष्टाचारको छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेकोमा अख्तियारका पदाधिकारीलाई धन्यवाद दिइन् । साहले भनिन्, ‘अन्य कार्यालयमा छापा मार्दा मधेस र सङ्घीयता विरोधी भएन ।’
मुख्यमन्त्री कार्यालयमा छापा मार्दा अख्तियार मधेस र सङ्घीयता विरोधी भयो प्रश्न गरिन् । उनले छानबिन गर्न र दोषी ठहर भए कानून बमोजिम कारबाही गर्न अख्तियारसँग आग्रह समेत गरिन् ।

यता जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरधामको सडक मर्मतमा चासो नदेखाएको भन्दै आजै जनकपुरधाम उपमहानगरपालिका र खानेपानी तथा ढल व्यवस्थापन विभागमा तालाबन्दी समेत गरेको छ । पार्टीले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहको कार्यकक्षमा तालाबन्दी गरेको छ । सुरक्षाकर्मीले रोक्न खोज्दा उनीहरूले न्यायिक समिति कक्षमा तोडफोड समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७