बुद्ध एयर प्रकरण : बाहिरी स्रोतको भर पर्दा पाइलट झुक्किएको आन्तरिक छानबिनकाे निष्कर्ष


१८ आश्विन २०७८, सोमबार
Buddha Air

काठमाडौं, १८ असोज । विराटनगरमा ल्याण्ड गर्ने क्रममा बुद्ध एयरको जहाजको ल्याण्डिङ गियर नखुलेको विषय प्राविधिक समस्याका कारण नभएको बुद्ध एयरले जनाएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणलाई सोमबार आन्तरिक प्रतिवेदन बुझाउँदै बुद्ध एयरले उक्त जहाजमा कुनै प्राविधिक समस्या नदेखिएको दाबी गरेको हो ।

जहाजमा ल्याण्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इण्डिकेटरले स्पष्टरुपमा काम गरेको र प्राइमरी इण्डिकेटर मधुरो बलेको अवस्थामा चालक दलले तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरेको प्रतिवेदनमा जनाइएको छ । चालक दल बाह्य स्रोतमा बढी भर पर्दा त्यस्तो हुन गएको रिपोर्टमा निष्कर्ष निकालिएको छ ।

उक्त प्रकरणको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि छानबिन गरिरहेको छ । आन्तरिक छानबिनका क्रममा बुद्ध एअरले उक्त जहाजका चालक दललाई अस्थायी प्रतिबन्ध लगाएको छ भने सो जहाजले उडान भरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७