प्रदेश–२ : मुख्यमन्त्री राउतको राजीनामा माग्ने लोसपाको निर्णय


१८ आश्विन २०७८, सोमबार
LSP NEWS MATBC5wH6e

धनुषा, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको लोसपा प्रदेश–२ संसदीय दलको बैठकले सो निर्णय गरेको हो । लोसपा नेपाल प्रदेश–२ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रदेश–२ का मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग आयोगले मारेको छापाका कारण प्रदेश सरकारको गरिमामा नै असर परेको हुनाले मुख्यमन्त्री राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सोनलले बताएका छन् ।

मुख्यमन्त्री राउतले सञ्चालन गरेको ‘बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, विमा कार्यक्रम’ लगायतको बारेमा विभिन्न कोणबाट प्रश्न उठेको र यसको जवाफ मुख्यमन्त्री कार्यालयले दिनुको सट्टा उल्टै आयोगमाथि विभिन्न आरोप लगाएर भ्रष्टाचारलाई ढाकाछोप गर्ने प्रयास भइरहेको लोसपाले निष्कर्ष निकालेको छ । प्रदेश सरकारको गरिमालाई बचाउने एक मात्र उपाय मुख्यमन्त्री राउतको राजीनामा भएको लोसपाको जिकिर छ ।

असोज २० गते प्रदेशसभाको बैठक बस्दैछ । सो बैठकमा पनि लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने बताइएको छ । लोसपाले मुख्यमन्त्री राउतको राजीनामालाई मुख्य एजेण्डा बनाएर संसद अवरोध गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७