माछापुच्छ्रे बैंक २२ वर्षमा, १० दिने क्यास ब्याक अफर सार्वजनिक


१८ आश्विन २०७८, सोमबार
Image cc12gSd0ep

काठमाडौं, १८ असोज । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यास ब्याक अफरको आज अन्तिम दिन रहेको छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ९कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्ने बैंकले नजाएको छ ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरू पनि प्रधान गरी रहेको छ । डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाइल बंैकिङ्गबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एकजनाले मेगा बम्पर उपहार स्वरुप फोन पेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७