२०७८ असोज १९ गते मंगलबारको तपाईको राशिफल

विश्व शिक्षक दिवस / चतुर्दशी श्राद्ध


१९ आश्विन २०७८, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । आकस्मिक धन लाभ हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । केही नयाँ कुरा खरीद गर्न पनि सकिने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कर्म तथा समाज सेवामा मन लाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन मन प्रसन्न रहने र महत्वाकांक्षा बढ्ने छ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्ने छ । नयाँ कार्यको थालनी समेत हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । केही नयाँ कुरा खरीदमा भने खर्च बढ्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउने छ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७