बैंकर इच्छाराज तामाङ पक्राउ, ४४ करोड ठगीको आरोप


१९ आश्विन २०७८, मंगलवार
ichharaj tamang arrest UUeg3ogfUw

काठमाडौं, १९ असोज । प्रहरीले सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी आरोपमा सोमबार काठमाडौंको सुनधाराबाट पक्राउ गरेको हो ।

तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौं उजुरी परेका प्रहरीले जनाएको छ । तिनै उजुरीको छानबिनका क्रममा तामाङलाई पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको हो ।

सीआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो । तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौं ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ ।

सीआइबी प्रमुख डीआइजी धीरजप्रताप सिंहले तामाङलाई पक्राउ गरेको पुष्टि गरेका छन् । डीआइजी सिंहले निक्षेप रकम हिनामिना र करोडौं रुपैयाँ ठगी अभियोगमा तामाङलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७