आईपीएलमा चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा


१९ आश्विन २०७८, मंगलवार
ipl dilli 83bh4sDihg

काठमाडौं, १९ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार राति भएको प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ ।

दुबईमा सम्पन्न खेलमा दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको हो । योसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नईले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेट्टाएको थियो । दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे भने अक्षर पटेलले २ विकेट लिए ।

चेन्नईका रवीन्द्र जडेजा र शार्दुल ठाकुरले २ / २ विकेट लिए । पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायडुले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । दिल्लीको १३ खेलमा २० अंक छ भने समान खेलमा १८ अंक ल्याएर चेन्नई दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७