साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित, श्रीलंका ३–२ ले पराजित


१९ आश्विन २०७८, मंगलवार
nepal football 20211005004452

काठमाडौं, १९ असोज । साफ च्याम्पियनसिप फुटबलमा नेपालले गए राति श्रीलंकालाई ३–२ ले हराएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपाललाई विजयी गराउन सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक एक गोल गरे ।

लगातार दोस्रो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो । दुई खेलबाट नेपालले ६ अंक जोडेको छ । समान खेलबाट ४ अंक जोडेको बंगालदेश दोस्रो स्थानमा छ ।

हिजै सम्पन्न पहिलो खेलमा १० खेलाडीमा सीमित बनेको बंगालदेशले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आइतवार राति भारतसँग खेल्ने छ ।

प्रतियोगितामा सहभागी ५ टोलीले राउण्ड रोबिन लिगको आधारमा समूह चरण खेलिरहेका छन् । समूहका शीर्ष दुई टोली उपाधिको लागि भिड्ने छन् । फाईनल खेल यही असोज ३० गते हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७