काबुलमा झडप, तीन आईएस लडाकु मारिए


१९ आश्विन २०७८, मंगलवार
110319725 nigeria2 0Pjp49ETEG

काठमाडौं, १९ असोज । अफगानिस्तानको राजधानी काबुलमा तालिबान सैनिकसँगको झडपमा परेर कम्तिमा तीन इस्लामिक स्टेट (आईएस) लडाकू मारिएका छन् ।

अत्यधिक जनघनत्व भएको इलाकामा सोमबार आईएस लडाकुसँग झडप भएको तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले जानकारी दिएका छन् । करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकु तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा थिए । तर त्यसको विस्तृत विवरण भने बाहिर आएको छैन ।

काबुलको कोटल ए खैरखाना इलाकामा घण्टौंसम्म चलेको दोहोरो झडपका क्रममा एउटा गाडी र भवनमा समेत आगो लागेको स्थानीय बासिन्दाले जनाएका छन् । उनीहरूका अनुसार त्यस घटनामा आईएसका तीन सदस्य मारिएका छन् । यो झडप मध्य काबुलको एउटा ठूलो मस्जिद बाहिर भएको बम हमलाको केही घण्टापछि भएको थियो । जहाँ तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदको मृतक आमाको प्रार्थनाको कार्यक्रम चलिरहेको थियो ।

उक्त घटनामा दुई नागरिक मारिएका थिए भने अन्य चार जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानको कब्जापछि अफगानिस्तानमा सुरक्षा अवस्था सामान्य रहे पनि पछिल्ला केही दिनमा आईएस सम्बद्ध लडाकुहरूले काबुल र पूर्वी नान्गाहार प्रान्तको राजधानी जलालाबाद शहरमा बम आक्रमण गर्न शुरु गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७