फेसबुकमा समस्या भएको ६ घण्टापछि पुनः सञ्चालन


१९ आश्विन २०७८, मंगलवार
social media

काठमाडौं, १९ असोज । फेसबुकमा समस्या आएको ६ घण्टापछि पुनः चालु भएको छ । फेसबुकसहित ह्वाट्सएप र इन्स्टाग्राममा सोमबार समस्या आएको थियो । करिब ६ घण्टापछि अरबौं प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ ।

यी तीन वटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ । उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ ।

साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीं भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन् । बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ । बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाताका अनुसार यसको कारण अझै स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७