चलचित्र ‘उचाइ’ को सुटिङ गर्न अनुपम खेरसहित बलिउड कलाकार टोली काठमाडौंमा (भिडियो)


१९ आश्विन २०७८, मंगलवार
anupam pariniti and boman

काठमाडौं, १९ असोज । चलत्रित्र ‘उचाइ’ को सुटिङका लागि अनुपम खेरसहितको बलिउड कलाकारको टोली काठमाडौं आइपुगेको छ ।

हिन्दी सिनेमा ‘उचाइ’ छायांकन गर्न आफूसहित अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाकार आइतबार काठमाडौं आइपुगिएको जानकारी कलाकार खेरले ट्वीटरमार्फत दिएका हुन् । ट्वीटरमा उनले आफूहरू विमानमार्फत काठमाडौं अवतरण गर्दै गरेको भिडियो समेत हालेका छन् ।

यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । तर, नेपालको हिमाली भेगमा यो चलचित्रको छायांकन हुने भएकाले उनी नेपाल नआउने नेपालका लागि चलचित्रको व्यवस्थापनको जिम्मा सम्हालेको थ्रि ह्रिवलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।अमिताभ बच्चन दमको रोगी भएकाले पनि उनको परिवारले चिसो ठाउँमा छायांकनका लागि पठाउन मानेन ।

उनीहरु, करिब ४० दिन नेपालमा बस्ने सुरजले जानकारी दिए । चलचित्रको छायांकन लाङटाङ, मनाङ, मुस्ताङ, सगरमाथा आधार शिविर लगायतमा हुनेछ ।

चलचित्रले मित्रताको कथा भन्नेछ । चलचित्रको लागि छलफल गर्न केही समय अगाडि निर्देशक सुरज बर्जत्य नेपाल आएका थिए । उनी, करिब २ साता नेपाल बसेर मुम्बई फर्किएका थिए । यो चलचित्र निर्देशक सुरजको लागि विशेष छ । यो चलचित्रले मित्रता र परिवारको कथा भन्नेछ ।


हेर्नुहोस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७