बबईमा डुबेर एकको मृत्यु, एकजना बेपत्ता


१९ आश्विन २०७८, मंगलवार
Dubera bepatta
सांकेतिक तस्विर

बागलुङ, १९ असोज । बर्दियाको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ । बाग्लुङ घर भएका हुकुम विकको नदीमा डुबेर मृत्यु भएको हो ।

बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । घटना सोमबारको हो ।

बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७