बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


१९ आश्विन २०७८, मंगलवार
gold

काठमाडौं, १९ असोज । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँ महंगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार छापावाल सुन ८९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तीन दिनयता प्रतितोला ११ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १७५६.९४ अमेरिकी डलरमा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७