एकीकृत नेकपा समाजवादीले बोलायो स्थायी कमिटी बैठक


१९ आश्विन २०७८, मंगलवार
Madhav nepal 1
फाइल फोटो

काठमाडौं, १९ असोज । नेताहरुको कार्य विभाजन गर्न एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन । स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७