राष्ट्रपति भण्डारी ‘रिफ्रेस’ हुन चन्द्रागिरि रिसोर्टमा


१९ आश्विन २०७८, मंगलवार
bidhya

काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुनका लागि चन्द्रागिरि बास बस्न पुगेकी छिन् । सोमबारर राति उनी चन्द्रागिरि रिसोर्टमा बास बसेको शीतल निवास स्रोतले जनाएको छ ।

शितल निवास स्रोतका अनुसार सोमबार राति राष्ट्रपति भण्डारीले टिपकल नेपाली खाना खाएकी थिइन् । स्रोतले भन्यो, ‘राष्ट्रपति ज्यूको मेनुमा सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात थियो ।’ उनी आज शीतल निवास फर्किने जनाइएको छ ।

चन्द्रागिरि व्यवस्थापन स्रोतका अनुसार राष्ट्रपति भण्डारीले चन्द्रागिरि केबलकार चढेर पृथ्वीनारायणले युद्ध लडेको ठाउँ अवलोकन गरेकी छन् । कुनै औपचारिक कार्यक्रमका लागि नभई उनी केवल ‘रिफ्रेस’ का लागि चन्द्रागिरि गएको स्रोतले जनाएको छ । सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा राष्ट्रपति भण्डारी माइक्रो चढेर चन्द्रागिरि गएको देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७