हत्या गरेर भागेको १२ वर्षपछि पक्राउ


१९ आश्विन २०७८, मंगलवार
b 3U2hDN8swC

बर्दिया, १९ असोज । बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका–२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो ।

हत्या गरेर फरार भएका बारबर्दिया नगरपालिका–७ घर भएका बिहारी थारु उर्फ राम बिहारीलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले बताए । असोज १७ मा बर्दियाबाट खटिएको प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपलिका–१८ स्थित कारकाँदोबाट उनलाई पक्राउ गरेको हो ।

मदिरा पिएर घरमा गएपछि घिरउ र राम बिहारीको बीचमा काठ तस्करी गर्नेबारेमा कुरा भएको थियो । तस्करीबारे सामान्य विवाद भएको र घिरउ सुतेपछि अर्को एक जनासँग मिलेर राम बिहारीले छुराले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

हत्यापछि दाङमा गएर ससुराली घरमा केही समय बसेका राम बिहारी त्यहाँ घर बनाउने मजदुरको काम गर्न थालेका थिए । दाङमा उनी लामो समय घर बनाउने काम गरेर बसे । पछि परिवारसहित नेपालगञ्ज स्थित कारकाँदोमा मिस्त्रीको काम गरेर बस्न थालेको सुराकको आधारमा प्रहरीले उनलाई पक्रेर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७