पेट्रोल पम्पबाट ६ लाख रुपैयाँ लुटपाट


१९ आश्विन २०७८, मंगलवार
lutpat pphWt3h71Z

धनुषा, १९ असोज । धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर (पेट्रोल पम्प) मा गए राति लुटपाट भएको छ । लुटेराको समूहले नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।

६ / ७ जनाको समूहमा आएका लुटेराको समूहले उक्त आयल स्टोरको ढोका फोडी आयल सञ्चालक विदेह नगरपालिका–८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको उक्त नगद लुटी फरार भएको बताइएको छ ।

उक्त घटनाको खबर प्राप्त हुना साथ प्रहरी चौकी गिद्दा एवं सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७