यौनधन्दा चलाएको आरोपमा मूलपानीबाट एक महिला पक्राउ, पाँच किशोरीको उद्दार


१९ आश्विन २०७८, मंगलवार
pakrau
सांकेतिक तस्विर

काठमाडौं, १९ असोज । काठमाडौंको मुलपानीबाट जबरजस्ती यौन धन्दामा लगाइएका पाँच किशोरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा उद्दार गरेको छ । सोमबार किशोरीहरुलाई उद्दार गरिएको माइती नेपालका उप–निर्देशक अच्युत नेपालले जानकारी दिए ।

यौन धन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई पक्राउ गरेको छ । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखि १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । आरोपीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७