काठमाडौंमा चोरिएका २१ वटा मोटरसाइकल भेटिए


१९ आश्विन २०७८, मंगलवार

काठमाडौं, १९ असोज । विभिन्न मितिमा राजधानीका विभिन्न स्थानबाट हराएका २१ वटा मोटरसाइकल भेटिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती मोटरसाइकल फेला पारी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएकामध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन ।

ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोसाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिए ।

यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाईकल मध्ये १४६ मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७