न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन


१९ आश्विन २०७८, मंगलवार
IPObanking

काठमाडौं, १९ असोज । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज (मंगलबार) सकिंदैछ ।

यद्यपि, आईपीओ निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा नै माग गरेभन्दा तीब्र संख्यामा आवेदन परिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि कम्पनीले छुट्याइएको छ भने, बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका छुट्याएको छ ।

इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन प्लेटफर्म मेरो सेयर सहित सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट दिन सकिने छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७