प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक


१९ आश्विन २०७८, मंगलवार
Cholendra Shamsher

काठमाडाैं, १९ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठक मध्यान्ह २ बजेदेखि सुरु हुनेछ ।

पूर्ण बैठक (फूलकोर्ट)मा दसैं बिदाको अवधिमा मुद्दा सुनुवाई गर्ने न्यायाधीशहरु तोक्ने एजेन्डामा छलफल हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले रातोपाटीलाई बताए ।

घटनास्थापनादेखि नै सर्वोच्च अदालतमा बिदा हुन्छ । तर, बन्दीप्रत्यक्षीकरण लगायतका मुद्दामा सुनुवाई रोकिँदैन । बिदामा त्यस्ता मुद्दामा सुनुवाई गर्ने न्यायाधीशहरुको नाम तय गर्न फूलकोर्टको बैठक राखिएको दाहालले जानकारी दिए । यसबाहेक प्रधानन्यायाधीशको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७