सत्ता गठबन्धन दलबीच मिल्यो भागबण्डा, कसलाई कति मन्त्रालय ?


१९ आश्विन २०७८, मंगलवार
satta

काठमाडौं, १९ असोज । सत्ता गठबन्धन दलहरुले मन्त्रिपरिषद् विस्तारका लागि भागबण्डा मिलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) बसेको शीर्ष नेताहरुले मन्त्रालयको भागबण्डामा सहमति जुटाएका हुन् ।

सत्ता साझेदार दलहरूका बीचमा मन्त्रालयको भागबण्डा टुंगिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । २१ मन्त्रालयको भागबण्डासहित मन्त्रालयमा सहमति जुटेपछि शीर्ष नेताहरु उठेको उनले जानकारी दिए ।

स्वकीय सचिव देउवाले मंगलबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने पनि जानकारी दिए । यसअघि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सत्तारुढ गठबन्धन आलोचना खेप्दै आएको थियो ।

शीर्ष नेताको बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका बीचमा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्री र नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले पाँच–पाँच मन्त्रालय तथा एक–एक राज्यमन्त्री पाउने सहमति भएको बताए । यसअघि जसपा र एकीकृत समाजवादी पार्टीले सम्मानजनक रुपमा मात्रै सरकारमा जाने अडान राख्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७