आफ्नै श्रीमती एक लाख ६० हजारमा वेश्यालयमा बिक्री


१९ आश्विन २०७८, मंगलवार
idfmkgmkdmg1633418996

काठमाडौं, १९ असोज । एक लाख ६० हजार रुपैयाँ लिएर आफ्नै श्रीमती बेचबिखन गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ३४ वर्षीय चन्द्रबहादुर तामाङ (नाम परिवर्तन) ले २६ वर्षीया श्रीमतीलाई सो रकम लिएर बेचेका हुन् । उनीहरूका पाँच सन्तान छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ०७१ सालमा एक लाख ६० हजार रुपैयाँ लिई श्रीमानले श्रीमतीलाई एक जनाको जिम्मा लगाएका थिए । सोही क्रममा पासाङ तामाङले काम लगाइदिन्छु भनी बालाजुको होटेलमा लगी एक महिलाको जिम्मा लगाएको खुलेको छ ।

ब्युरोका अनुसार ती महिलाले घरायसी काममा मासिक १० हजार दिन्छु भन्दै आफ्नो कोठामा लगेर तीन दिनसम्म राखी भिनाजु भनिएका व्यक्तिलाई बोलाई जिम्मा लगाएर पठाएको अनुसन्धानबाट खुलेको छ । उनै भिनाजुले सुनौली नाका हुँदै रेलमार्गबाट भारतको नयाँ दिल्लीस्थित म्हेन्डो तामाङको घरमा पुर्‍याएको र म्हेन्डो तामाङले तीन दिनसम्म आफ्नो घरमा राखी एक जना मान्छेको जिम्मा लगाएर आग्रामा रहेको वेश्यालयमा पुर्‍याई आठ महिनासम्म वेश्यावृत्तिमा लगाएको पाइएको छ ।

नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा ०७८ जेठ ३१ गते उनको उद्धार गरिएको थियो । फरार प्रतिवादीमध्ये श्रीमानसँगै नुवाकोटको साबिक घ्याङफेदी गाविस–५ का पासाङ तामाङलाई समेत ब्युरोले पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७