भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


१९ आश्विन २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

भक्तपुर, १९ असोज । अरनिको राजमार्ग सडकखण्डअन्तर्गत मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित सडकको रेलिङमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार राति भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३२ प ६६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगर–२० घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनाबाट सख्त घाइते ठाकुरको उपचारको क्रममा भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर डीएसपी दिपक गिरिले बताए ।

मोटरसाइकलमा सवार वीरगन्ज घरभई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा कार्यरत प्रहरी हवल्दार सियाराम सिंह घाइते भएका छन् । घाइतेको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७