तालिवानको त्रास : सय बढी संगीतकारहरूले छाडे अफगानिस्तान


१९ आश्विन २०७८, मंगलवार

काबुल, १९ असोज । तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी संगीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन् । अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा पुगेका छन् ।

उक्त समूहका अहमद सरमस्तले देशको नयाँ नेतृत्वबाट गीत–संगीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् । अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, ‘ती महिला र केटीहरू मध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन् ।’

काबुलस्थित कतारी दूतावासको सहयोगमा संगीतकारहरूलाई सानो–सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पुर्याइएको थियो । तालिबानी लडाकुहरूले काबुलमा कब्जा जमाएपछि तालिबानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए । तालिबानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७