मलामी गएका बैठालाई बागमतीले बगाउँदा बेपत्ता


१९ आश्विन २०७८, मंगलवार
Dubera bepatta
सांकेतिक तस्विर

रौतहट, १९ असोज । छिमेकीको मलामी गएका एक पुरुष नदीमा बेपत्ता भएका छन्। रौतहटको माधवनारायण नपा–६ माधोपुरका ५० वर्षीय गंगाराम बैठा बागमती नदीमा बेपत्ता भएका हुन् ।

छिमेकीको मृत्यु भएपछि गाउँभन्दा पूर्व रहेको पिपरा रजबाडा गाउँ नजिक बागमती नदीमा अन्तिम संस्कार गर्ने क्रममा नदीमा नुहाउन पसेका बैठालाई भेलले बगाएको हो । दुई दिन पानी परेपछि नदीमा जलस्तर बढेको र पानीको बहाव तीव्र भएकोले बैठालाई भेलले बगाएको प्रहरीको भनाइ छ ।

नुहाउने क्रममा बेपत्ता भएका बैठाको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नारायणप्रसाद चिमोरियाले जानकारी गराएका छन् । गोताखोर परिचालन गरी स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको डिएसपी चिमोरियाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७