दुई लाख घुससहित सिचाइ कार्यालयका सब–इन्जिनियर पक्राउ


१९ आश्विन २०७८, मंगलवार

काठमाडौं, १९ असोज । काठमाडौं बसुन्धरास्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका सव–इन्जिनियर दीपेन्द्रकुमार केसी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कलभर्ट निर्माण कार्यको ठेक्का अनुसार काम सकिएपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ ।

उनलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ परेका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७