प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने


१९ आश्विन २०७८, मंगलवार
244160387 972125720032042 6008740675239791659 n

काठमाडौं, १९ असोज । प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ।


असोज २१ गते दशरथ रङ्गशाला स्थित मिनि कभर्डहलमा कालभैरब उसु क्वानको आयोजनामा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।


प्रतियोगितामा सान्सौमा २० र थाउलोमा १८ गरि जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अमर पुलामी मगरले बताएका छन्।
जुनियरबाटै भविष्यमा प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले यो प्रतियोगिता गराउन लागिएको हो ।

कोभिड-१९ का कारण लामो समय उसुका कुनै प्रतियोगिता नभएकोले उसु खेलसंग अबद्ध ब्यक्तित्वहरु मिलेर यो प्रतियोगिता आयोजना गरिएको हो । यस जुनियर उसु प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थप्नुका साथै खेलाडीहरुको खेलस्थर वृद्धिमा समेत टेवा पुग्ने आशा गरेका छौ । करिब ७ लाख ५० हजार अनुमानित वजेटमा गर्न लागिएको यस प्रतियोगिताको लागि आर्थिक सहयोग भने खेलाडी तथा खेलप्रेमी महानुभावहरुबाट संकलन गरिएको कोषाध्यक्ष विजय सिंजालिले बताएका छन् ।


यस कार्यक्रमका प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थ मन्त्री एवम् सभासद प्रतिनिधिसभा माननीय गगन थापा रहने साथै उहाँ बाट १३ औ दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम समेत रहेको यस प्रतियोगिताका सचिव हरि प्रसाद गोलेले बताएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७