धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्त


२० आश्विन २०७८, बुधबार
bhishmaraj dhungana security board 22Push

काठमाडौं, २० असोज । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई बर्खास्त गरेको हो ।

यसअघि असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीअनुसार उनले आइतबार स्पष्टीकरण बुझाएका थिए । तर, उनको जवाफमा चित्त नबुझेपछि सरकारले उनलाई बर्खास्त गरेको हो । उनी सर्वोत्तम सिमेन्ट सेयर खरिद विवादमा मुछिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७