३३ कलाकारको प्रत्यक्ष कला प्रदर्शन


२० आश्विन २०७८, बुधबार
kiran manandhar 3HaFTUtK22

काठमाडौं, २० असोज । यही असोज २१ गते ३३ नेपाली कलाकारले एकै स्थानमा प्रत्यक्ष कला प्रदर्शन गर्ने भएका छन् । म्युजियम अफ नेपाली आर्टले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै क्यान्सर रोग पीडित बालबालिकालाई सहयोग होस् भन्ने उद्देश्यले प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।

किरण मानन्धर, लोक चित्रकार, गोपाल कला प्रेमी, समुन्द्रमान सिंह, राजप्रकाश तुलाधरलगायत ३३ कलाकारले आधुनिक कला पस्कने छन् । आयोजक संस्थाका प्रमुख राजन शाक्यले नेपाललाई कला गन्तव्यका रूपमा पहिचान दिनु र अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाको विशेषताबारे जानकारी दिनु पनि कार्यक्रमको उद्देश्य रहेको बताए ।

काठमाडौं गेस्ट हाउस ठमेलमा एक दिन मात्र हुने उक्त प्रत्यक्ष कला प्रदर्शनीमा बनाइएका कलाकृतिलाई एउटा पुस्तिकाका रूपमा प्रकाशन गरिने पनि आयोजक संस्थाले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

उक्त दिन दिउँसो १२ देखि साँझ ६ बजेसम्म रहने कार्यक्रममा कलाकारले तत्कालै चित्रहरु बनाउने र सोही चित्रहरु बिक्रीका लागि राखिने छ । सोही कला बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत कान्ति बाल अस्पतालमा क्यान्सरको उपचार गरिरहेका बालबालिकाको लागि सहयोग गर्ने जनाइएको छ । सोही दिन काठमाडौं आर्ट हाउसको पनि उद्घाटन हुनेछ । उक्त हाउस नेपाली कलाकारका लागि सिर्जना प्रदर्शन र बिक्री गर्ने साझा थलोको रुपमा स्थापित हुने विश्वास छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७