२९२ जना सुन तस्करको सूची सरकारले लुकायो


२० आश्विन २०७८, बुधबार
gold

काठमाडौं, २० असोज । सरकारले ३८ क्विन्टल सुन तस्करीमा संलग्न भनी किटान गरिएका २९२ जनाको सूची अझै लुकाएको छ ।
गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले सुन तस्करीमा संलग्नलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने भनेर २०७५ साउन १६ मा ७ सय ७२ पृष्ठ लामो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रतिवेदन बुझाएको ३९ महिना पुगिसक्दा पनि प्रतिवेदनमा उल्लेख गरिएका संल्ग्न व्यक्तिमाथि अनुसन्धान गरिएको छैन । समितिका संयोजक पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ वर्षको अवधिमै तस्करीबाट ३८ क्विन्टल सुन भित्रिएको जानकारी दिँदै त्यसमा संलग्नलाइ कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

‘प्रतिवेदन सरकारी सम्पति भइसकेको छ, सार्वजनिक गर्ने नगर्ने कुरा सरकारको हो’, हाल कोलकतास्थित महावाणिजयदूत रहेका पौडेलले भने ‘हामीले त सरकारले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार गरेर बुझाएका हौं ।’ प्रधानमन्त्री कार्यालयले प्रितवेदन अध्ययनका लागि गृह मन्त्रालयमा पठाएको थियो । कान्तिपुर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७