पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन्


२० आश्विन २०७८, बुधबार
1461750421mahila himsa web pic final
सांकेतिक तस्वीर

काठमाडौं, २० असोज । श्रीमती सम्झना तामाङ (नाम परिवर्तन) लाई भारतको राजधानी दल्लिीस्थित कोठीमा बेच्ने नुवाकोट दुप्चेश्वरका नवीन तामाङ र पासाङ शेर्पा पक्राउ परेका छन् । नवीन सम्झनाकी पहिलो र पासाङ दोस्रो श्रीमान् हुन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले नवीनलँई दुप्चेश्वर र पासाङलाई बिजुली बजारबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार नवीनले सम्झनालाई एक लाख ६० हजार रुपैयाँ लिएर पासाङलाई बेचेका थिए । विवाहपछि पासाङले उनलाई दिल्ली लगेर बेचेका थिए ।

सम्झनाको नवीनतर्फका पाँच सन्तान छन् । बेचिएको ६ वर्षपछि ३४ वर्षीया सम्झनाको कोठीबाट उद्धार भएको थियो । शक्ति समूहको आश्रयमा रहेकी उनले १ भदौमा ब्युरो पुगेर जाहेरी दिएकी थिइन् । तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले डेढ महिनाको प्रयासपछि नवीन र पासाङलाई पक्राउ गरेको हो ।

ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले पटक पटकको प्रयासपछि मात्रै नवीन र पाािङलाई पक्राउ गर्न सकिएको बताइन् । ‘संझना पाँच सन्तानकी आमा हुन् । उनको पहिलो श्रीमान् नीन हो । एक लाख ६० हजार लिएर उनले पासाङलाई बेचेका रहेछन् । आफूले किनेपछि पासाङले सम्झनासँग बिहे गरेर दिद्यदीमा लगेर बेचेछन्,’ उनले भनिन्, ‘रकम लिएर दुबै जना ढुक्कले बसेका रहेछन् । कर्तुत खुल्न केही समय लाग्यो । अन्नतः दुवै पक्राउ परे ।’

प्रहरीका अनुसार सम्झनालाई नविनले ०७१ मा पासाङलाई बेचेका थिए । भारतीय प्रहरी र क्याटलिस्ट नामक गैरसरकारी संस्थाको सहयोगमा सम्झना गत ३१ जेठमा नेपाल फर्कन सफल भएकी थिइन् । उनी अहिले शक्ति समूहको संरक्षणमा छिन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७