८४ दिनपछि मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस ७, माओवादी ६, एस र जसपालाई ४-४ मन्त्रालय


२० आश्विन २०७८, बुधबार
bipaxi latest photo

काठमाडौं, २० असोज । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबण्डामा समझदारीमा जुटाएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले पूर्व समझदारी भए भन्दा एक एकवटा बढी मन्त्रालय आफ्ना लागि राखेका छन् । गठबन्धन दलका शीर्ष नेताको मंगलबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादीले ६, एकिकृत समाजवादी र जसपाले ४÷४ मन्त्रालय लिने समझदारी बनेको हो । त्यसपछि पनि बाँकी रहेका एक मन्त्रालय कांग्रेसले नै राखेको छ ।

जसपा नेता राजेन्द्र श्रेष्ठले मंगलबार बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्नु अघिसम्म कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी, एकिकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय लिने समझदारी भएको बताएका थिए । उनले संसदको अंकगणितका आधारमा नभई समानताका आधारमा भागबन्डा गर्ने तय भएको जानकारी दिएका थिए ।

शीर्ष नेताको बैठकले संसद्को गणितका आधारमा २१ वटा मन्त्रालय भागबण्डाको समझदारी बनाएको जसपाकै अर्का नेता महेन्द्र राय यादवले जानकारी दिए । ‘अहिले कांग्रेसको भागमा ६ मन्त्रालय परेको छ । बाँकी रहेको मन्त्रालय अहिले कांग्रेसकै भागमा रहनेछ’ यादवले भने ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाउन एक मन्त्रालय आफ्नै साथमा राखेको नेताहरुको अनुमान छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७