आईपीएल क्रिकेटमा राजस्थानमाथि मुम्बईको शानदार जित


२० आश्विन २०७८, बुधबार
mumbai

काठमाडौं, २० असोज । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । युएईको सारजाहमा हिजो भएको खेलमा राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । मुम्बईको जितमा इशान किशनले अविजित ५० रन बनाए ।

बलिङतर्फ राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १-१ विकेट लिए । खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्रै बनाएको थियो ।

उसका लागि इर्भिन लेविसले सर्वाधिक २४ रन जोडे । मुम्बईका नाथन कुल्टर नायलले ४ विकेट लिए । जितसँगै मुम्बईले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । १३ खेलबाट १२ अंक जोडेको मुम्बई तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १० अंक जोडेको राजस्थान सातौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७