कार्यालयमै सेवाग्राहीसँग दुई लाख घुस लिँदै गर्दा सव–इन्जिनियर पक्राउ


२० आश्विन २०७८, बुधबार
pakrau
फाइल फोटो

काठमाडौं, २० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख घुस लिएको अभियोगमा सव–इन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ ।

केसी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौंमा कार्यरत थिए । कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ ।

आयोगले सव–इन्जिनियर केसीलाई कार्यालय परिसरबाटै मंगलबार पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । आरोपी केसीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७