भारतमा ६ महिनायताकै कम संक्रमित


२० आश्विन २०७८, बुधबार
korona india 1

नयाँदिल्ली, २० असोज । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताकै सबैभन्दा कम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको संख्या दुई लाख ५२ हजार ९०२ छ । सक्रिय सङ्क्रमितको यो संख्या २०१ दिनयताकै सबैभन्दा कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको संख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । दैनिक सङ्क्रमितको संख्या भन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको संख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको संख्या कम हुँदै गएको अधिकारीहरुले जनाएका छन् ।

सोमबार दिनभरमा १८ हजार ३४६ सङ्क्रमित हुँदा २९ हजार ६३९ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको संख्या तीन करोड ३१ लाख ५० हजार ८८६ पुगेको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार कोरोना शुरु भएदेखि हालसम्म भारतमा ५७ करोड ५३ लाख जना कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको हो । अहिलेसम्म भारतमा करिब ९१ करोड डोज खोप लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७